काठमाडौं – अन्तत अस्ट्रेलियाको सिडनीबाट नेपाल भम्रण बर्ष २०२० को अन्तरराष्ट्रिय रुपमा नै भव्य रुपमा उद्घाटन अर्थात शुभारम्भ गरिएको छ । मंगलबार सिड्नी स्थिती नेपाली दुतावासको आयोजना तथा एनआरएन सहितका संघसस्थाको सहयोगमा भ्रमण बर्षको अन्तरराष्ट्रिय स्तरबाट नै सुभारम्भ गरिएको थियो ।
केही समय स्थानीय प्रहरीले त्यहाँ व्यान सहित ओपेरा हाउन जान रोक लगाएको थियो । एनएसडब्लु स्टेथटका सभामुख सहति अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भ्रमण बर्षको उद्घाटन गरिएको हो । साथै, मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।
भम्रण बर्षको राष्ट्रियरूपमा सन् २०२० जनवरी १ पुस १६ गते काठमाडौैँको दशरथ रङगशालामा शुभारम्भ गरिएको थियो ।
प्रतिक्रिया