७ सय ५३ वटा श्रमबैंक खोल्दै सरकार, सातै प्रदेशमा तालिम केन्द्र

४ बर्ष अगाडि

सरकारले ७ स्थानीय तहमा ५३ वटै स्थानीय तहमा श्रमबैंक खोल्ने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयले देशभरीका श्रमिकको सूचीकरणका लागि सबै स्थानीय तहमा श्रमबैंक खोल्न लागेको हो । 

बैंकमा सूचीकरण भएका श्रमिक सम्बन्धित क्षेत्रका रोजगारदाताले काम गर्न लगाउन मिल्ने गरी मन्त्रालयले योजना अगाडि बढाउने श्रममन्त्री रामेश्वर राय यादलले बताए । 

श्रम बैंक स्थापना भएपछि रोजगारदाताका लागि कुन क्षेत्रमा श्रमिकहरु आवस्यक पर्ने हो हो, त्यसका आधारमा बैंकबाटै श्रमिक उपलब्ध गराउने व्यवस्था गरिने उनको भनाइ छ । 

मन्त्री यादवका अनुसार श्रम बैंक स्थापनाका लागि मन्त्रालयले अध्ययन थालेको छ । अध्ययनपछि आएको निष्कर्षपछि बैंक खोलिने उनको भनाई छ ।  

देशभरका श्रमिकलाई प्रशिक्षण तथा तालिमका लागि सरकारले सातै प्रदेशमा तालिम केन्द्र समेत सञ्चालन गर्ने भएको छ ।  कृषि, प्लम्बर, उद्योग, सिलाइ, घरेलु उत्पादन, पूर्वाधार निर्माण लगायत क्षेत्रमा तालिम दिने मन्त्रालयको योजना छ ।

यस बाहृक मन्त्रालयले श्रमिकलाई सीपयुक्त बनाउनका लागि  थप १० हजारलाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क तालिम प्रदान गर्ने समेत योजना बनाएको छ । 

यसैबीच सरकारले चालू आर्थिक वर्षमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बाट ६० हजार यूवालाई सय दिनेको रोजगारी दिने भएको छ । त्यसका लागि मन्त्रालयले  ५ अर्ब १ करोड रुपैयाँ खर्च गर्ने जनाएको छ । 

गत वर्षदेखि शुरु भएको उक्त कार्यक्रमबाट पहिलोवर्ष १ लाख ८७ हजार युवाले १३ दिने रोजगारी पाएका थिए । 

रोजगारीका लागि झण्डै १७ लाख बेरोजगार युवाको आवेदन परेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया