राेजगारीका लागि इराक, इरान र खाडी पुगेका नेपालीको सुरक्षाका लागि उच्च सतर्कता

४ बर्ष अगाडि

सरकारले युद्धमा होमिएका मुलुकहरु इरान तथा इराकमा रोजगारीका लागि पुगेका नेपालीहरुको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।  

परराष्ट्र मन्त्रालयले नेपाली कुटनीतिक नियोगहरुमार्फत नेपालीहरुको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको जनाएको हो । 

चारदिनअघि परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री, श्रममन्त्री, दुवै मन्त्रालयका सचिव तथा सम्बन्धित महाशाखा प्रमुखहरुको बैठक बसेर ती मूलुकहरुमा नेपालीहरुको सुरक्षाका सतर्कताका लागि सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । 

‘पहिलो कुरा त्यहाँ घटनाक्रमहरु कसरी विकाश हुन्छन भनेर बुझेर नियमित रिपोर्टीङ्ग गर्ने, दोश्रो ति मूलुकमा रहेका नेपाली नागरिक सँग नियमति सम्पर्कमा रहने र नागरिकहरुलाई पनि दुतावाससँग नियमति सम्पर्कमा रहन भन्ने र तेश्रो जहाँ हुनुहुन्छ सुरक्षामा ध्यान दिने र कठीनाइ आइलागेमा दुतावासमा खबर गर्ने भनेर अनुरोध गर्ने विषयको निर्देशन भएको छ’, पाैडेलले आजको अर्थसँग भने  । 

सरकारको निर्देशन पछि अहिले ति देशका कुटनीतिक नियोगहरु त्यहाँ रहेका नेपाली र नेपाल सरकारसँग नियमति रिपोर्टिङ्गमा छन् । ‘उहाँहरुले दिएको जानकारी अनुसार त्यहाँ रहेका नेपालीहरुलाई अहिलेसम्म कुनै कठीनाइ छैन ’, पौडेलले भने । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया