भ्रमण बर्ष सफल बनाउन गम्भिर चुनौतीः घटे नेपाल आउने पर्यटक

विहीबार, २४ पुस २०७६, १० : ४८

काठमाडौं –  नेपाल सरकारले अहिले उत्साह जनक रुपमा भम्रण बर्ष २०२० मनाइ रहेको छ । नेपालसहित विदेशका बिभिन्न मुलुकबाट यसको भव्य शुभारम्भ गरिएको छ । यस बर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । 
तर, भ्रमण बर्षलाई सफल बनाउन सरकारी तथ्यांकहरुले नै चुनौती देखाएका छन् । सरकारी तथ्यांकअनुसार भ्रमण बर्षको अघिल्लो बर्ष अर्थात २०१९ मा नेपालमा पर्यटन आगमन १.७५ प्रतिशतले घटेको छ ।
सन् २०१८ मा पर्यटन आगमनको संख्या २४.७६ प्रतिशतले बढेर ११ लाख ७३ हजार पुगेको थियो । तर, अहिले त्यो भन्दा कम पर्यटन नेपाल आएका छन् । प्राप्त तथ्यांकअनुसार २०१९ मा ११ लाख ५२ हजार पर्यटन नेपाल घुम्न आएका छन् ।
यसरी नेपाल घुम्ने आउने पर्यटकको संख्या घटेपछि भ्रमण बर्ष सफल हुने बिषयमा ठुलो चुनौती देखिएको छ । नेपालले भ्रमण बर्ष सफल बनाउन २०१९ को भन्दा साढे ९ लाख अर्थात ७३.५३ प्रतिशत बढी पर्यटक भित्राउनुपर्छ । तर, भ्रमण बर्ष अघि नै पर्यटकको संख्या घटेपछि २० लाख पर्यटक भित्रिने बिषयमा प्रश्न उठ्न थालेका छन् ।
नेपालले यस अघि मनाएको भ्रमण बर्ष पनि सफल भएका छैनन् । यस अघि १९९८ र २०११ मा भ्रमण बर्ष मनाइएको थियो । भ्रमण बर्ष २०११ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको थियो । तर, त्यो बर्ष ७ लाख ३६ हजार २१५ पर्यटक नेपाल आएका थिए । नेपाल सरकारको त्यो लक्ष्य २०१८ मा आएर सफल भएको थियो । यस्तै, भ्रमण बर्ष १९९८ मा ४ लाख ३६ हजार ६८४ पर्यटक नेपाल आएका थिए ।

विहीबार, २४ पुस २०७६, १० : ४८

प्रतिक्रिया