हात्ती तथा जीप सफारी गर्दै ठोरी महोत्सवको आनन्द लिऔ

विहीबार, २४ पुस २०७६, १३ : १०

पर्सा राष्ट्रिय निकुञ्ज, चितवन तथा भारतको वाल्मीकि टाइगर रिजर्भको मध्यभागमा अवस्थित रमणीय स्थल ठोरीमा दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकलाई ल्याउने गरी ठोरी महोत्सवको तयारी पुरा भएको छ । नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा आयोजित महोत्सव भोलीदेखि पुस २९गतेसम्म चल्ने आयोजकले जनाएका छन् । 

ठोरीको ऐतिहासिक पहिचानलाई आन्तरिक तथा बाह्य पहिचान गराउने गरी आयोजना हुने महोत्सवको तयारी पुरा भएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठल जानकारी दिए । 

 महोत्सव अन्तर्गत सुर्वणपुर गढवालाइनमा हात्ती तथा जीप सफारी हुनेछ । 

यहाँ अवलोकन गर्न आउने अतिथिलाई थोरै शुल्कमा बास तथा खानाको समेत प्रबन्ध मिलाइएको छ । महोत्सवमा विभिन्न जातजातिको खानाको समेत प्रदर्शन गरिनेछ ।  

मनोरञ्जन गराउन सुवर्णपुरमा सांस्कृति भवनसमेत निर्माण गरिएको छ । महोत्सवभरि तामाङ तथा मगर समुदायका सांस्कृति कार्यक्रमबाट घरबासमा मनोरञ्जन गराइने व्यवस्था मिलाइएको घरवास होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले जानकारी दिए ।

 निकुञ्जले निकुञ्जभित्रको दृश्यावलोकन गर्न आउने नेपाली पर्यटकका लागि प्रतिव्यक्ति रु ६०० तथा विदेशी पर्यटकका लागि रु एक हजार १०० शुल्क तोकेको छ । 

भारतीय पर्यटकको रोजाइमा रहेको ठोरीको रमणीय झर्ना, झोलुङ्गेपुल लगायतका दृश्य रहेकाले पनि महोत्सव आकर्षक हुने विश्वास लिएको छ । 
 

विहीबार, २४ पुस २०७६, १३ : १०

प्रतिक्रिया