१४ अर्बको विद्युत् चुहेर सकिन्छ, भारतबाट १९ अर्बको आयात

५ बर्ष अगाडि

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले आज ३३ औं बार्षिकोत्सव मनाउँदैछ ।

प्राधिकरणको साखमा पछिल्लो २ वर्षदेखि मात्रै वृद्धि भएको हो ।

बार्षिकोत्सवको अवसरमा आज प्राधिकरणले विशेष कार्यक्रमको आयोजना गदैृछ । तर यो आलेखमा भने प्राधिकरणको के कति मात्रामा विद्युत् खेर गयो र भारतबाट के कति मात्रामा विद्युत् आयो भन्ने तचथ्यलाई उजागर गर्ने प्रयास गरिएको छ ।

प्राधिकरणकाअनुसार गत आर्थिक वर्षमा प्राधिकरणले भारतबाट रु १९ अर्ब बराबरको विद्युत् आयात गरेको छ । आयात गरेको मध्ये करिब रु १४ अर्ब बराबरको विद्युत् भने खेर गएको छ ।

भारतबाट आयात भएको हिसाब गर्ने हो भने रु ५ अर्बको विद्युत् मात्रै प्रयोगमा आएको छ । बाँकी १४ अर्बको विद्युत् चुहिएरै सकिएको छ ।

यसबाट के देखिन्छ भने चुहावट नियन्त्रणमा प्राधिकरणले अझै ठूलो महेनत गर्नुपर्ने देखिन्छ ।

ठूलो मात्रामा विद्युत् चुहिएर सकिदा त्यसबाट नकारात्मक असर त पर्नेवाला नै छ, त्यो भन्दा बढी आर्थिक नोक्सानी परेको छ ।

आर्थिक नोक्सानीलाई दीर्घकालीन फाइदामा रुपान्तरण गर्ने हो भने चुहावट नियन्त्रणमा ठूलो जनशक्ति र प्रविधिको प्रयोग गर्नुपर्ने देखिएको छ ।

भारतबाट आयात भएको मध्ये करिब ७० प्रतिशत विद्युत् चुहिएर सकिदा त्यसले पार्ने आर्थिक तथा अन्य सामाजिक प्रभावको बारेमा समयमै ध्यान दिनु जरुरी छ ।

 केन्द्रीय प्रणालीबाट गत वर्ष रु १४ अर्ब बढीको विद्युत चुहेर खेर गएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणमा काम गरेको बताएपनि प्राविकि चुहावट नियन्त्रणमा ध्यान दिएको छैन ।

उसको काम गर्ने शैली पछिल्लो दिनमा केवल परम्परागत मात्रै बन्दै गएको छ ।

प्राधिकरणको प्रणालीमा ७ अर्ब ५ करोड ७० लाख युनिट विद्युत उपलब्ध थियो ।त्यसमा ५ अर्ब ६१ करोड ३८ लाख युनिट विद्युत बिक्री भएको छ ।

कूल उपलब्ध विद्युतमध्ये १ अर्ब ४४ करोड ३२ लाख युनिट चोरी तथा चुहावट भएको भार प्रेषण केन्द्रले जानकारी दिएको छ ।

प्रतियुनिट १०.०४ रुपैयाँमा उपभोक्तालाई विद्युत बेचेको छ । यही आधारमा चोरी तथा चुहावट भएको विद्युतको रकम रु १४ अर्ब ४९ करोड हुन जाने जानकारहरुको भनाइ छ ।

अघिल्लो आवमा २२.९० प्रतिशत विद्युत् चहुावट थियो । सो चुहावट गत आवमा मात्रै २०.४५ प्रतिशतमा झरेको दावी गरिएको छ ।

प्रणालीमा अझै करिब ५ प्रतिशत चोरी रहेको छ । यस्तै १५ प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ ।

करिब  १४ अर्ब बराबरको  विद्युत चुहावट भइरहँदा रु १  एक अर्ब नाफा कमाएको विषयलाई मात्र चर्चा गरेर बस्ने कि चहुवाट हटाउने भन्ने प्रश्न् संगीन रहेको छ ।

प्राधिकरणको सञ्चित घाटा रु ३२ अर्ब रहेको छ ।

 भारतबाट  २ अर्ब ५८ करोड २० लाख युनिट विद्युत् आयात भएको छ ।

त्यसबाट रु  १९ अर्ब ३७ करोड रकम तिरिएको छ ।

यस्तै रु २ अर्ब १६ करोड ७० लाख युनिट विद्युत निजी क्षेत्रसँग खरिद गरिएको छ ।

निजी क्षेत्रबाट  ४ अर्ब ७४ करोड ९० लाख युनिट विद्युत खरिद गरेको छ ।

प्राधिकरणले कूल रु ३३  अर्ब ८२ करोड बराबरको विद्युत् किनेको उसैको तथ्यांकले देखाउँछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया