जापानी पासपोर्ट विश्वकै शक्तिशाली, नेपाल सबैभन्दा कमजोरमा

४ बर्ष अगाडि

जापानी पासपोर्ट संसारमा सबैभन्दा शक्तिशाली भएको एक प्रतिवेदनले देखाएको छ । संसारका विभिन्न मुलुकका पासपोर्टको शक्ति मापन गर्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले यस्तो देखाएको हो । 

सूचकांकअनुसार जापानी पासपोर्टले विश्वका १९१ गन्तव्यमा बिना–भिसा वा आउने बित्तिकै भिसा पाउँछ । यो विश्वका सबै भिसामध्ये धेरै हो । विश्वका शक्तिशाली पासपोर्टको सूचिमा एशियाली देशको वचश्र्व छ ।

जापानलाई पछ्याउने क्रममा सुचिको दोस्रो स्थानमा १९० अंकसहित सिंगापुर छ । तेस्रो स्थानमा भने दक्षिण कोरिया र जर्मनी बराबरी छन्  । यी दुबै देशको पासपोर्टले १८९ अंक पाएका छन् । सूचिको शीर्ष १० को बाँकी स्थानमा यूरोपेली देशका पासपोर्टकै हालीमुहाली छ । 

शक्तिशाली पार्सपोर्टको सूचिमा स्पेन, लक्जेम्बर्ग र डेनमार्क पाँचौं स्थानमा छन् । त्यस्तैगरी स्वीडेन र फ्रान्सेली पासपोर्ट भने छैठौं स्थानमा छन् । स्वीटजरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड आयरल्याण्ड र अष्ट्रियाली पासपोर्ट सातौं स्थानमा छन् ।

पछिल्लो समय वरियतामा अमेरिका र बेलायती पासपोर्ट क्रमिक रुपमा खस्किदै गइरहेका छन् । यस वर्ष दुबै पासपोर्ट आठौं स्थानमा छन् । नवौं स्थानमा न्यूजील्याण्ड माल्टा, चेक गणतन्त्र, क्यानडा र अष्ट्रेलियाली पासपोर्ट छन् भने १० औं स्थानमा स्लोभाकिया, लिथुयानिया र हंगेरी छन् । 

संयुक्त अरब इमिरेट्स ९यूएई० को पासपोर्ट सूचिमा १८ औं स्थानमा छ । विगत १० वर्षमा सूचकांकमा सबैभन्दा धेरै फड्को मार्ने पासपोर्ट पनि यूएई नै हो । यस अवधिमा वरियतामा सो पासपोर्ट ४७ स्थान माथि उक्लिएको छ । 

नेपाली पासपोर्ट १०१ औं स्थानमा

सूचिमा नेपाली पासपोर्ट सबभन्दा कमजोरमध्येमा छ । सूचकांकमा सूचीकृत कुल १०७ देशका पासपोर्टमध्ये नेपाली पासपोर्ट १०१औं स्थानमा छ । 
नेपाली पासपोर्टले विश्वका ३९ गन्तव्यमा बिना–भिसा प्रवेश वा आउने बित्तिकै भिसा पाउँछ ।

सूचिमा पुछारमा परेकोलाई सबैभन्दा खराब मान्दा नेपाली पासपोर्ट सातौं खराब हो ।

सूचिको पुछारमा अफगानिस्तान छ । यसलाई पछ्याउने क्रममा क्रमशः इराक, सिरिया, सोमालियार पाकिस्तान, यमन र लिबिया छन् ।

नेपालभन्दा ठ्याक्कै माथि भने उत्तर कोरिया छ । सूचकांकले सबैभन्दा धेरै गन्तव्य ९मुलुक० मा प्रवेश गर्न भिसा नचाहिने वा आउने बित्तिकै भिसा पाउने आधारमा पासपोर्टको शक्ति निर्धारण गर्दछ । एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया