ठूलाे संख्यामा इन्स्पेक्टर र असईको भर्ना खुल्यो

४ बर्ष अगाडि

नेपाल प्रहरीकाे प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेकाे छ । 

प्रहरीले १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असईकाे भर्ना खुलाएकाे हाे । 

समावेशी आधारमा गरिने भर्ना प्रकृया अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले जनाएकाे छ । 

यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया