प्रचण्डको गृहजिल्ला घुमघाममा बेल्जियमकी राजकुमारी, भरतपुरमा भव्य स्वागत (फोटोफिचर)

बुधबार, ०८ माघ २०७६, १२ : ०४

नेपाल भ्रमणमा आएकी बेल्जियमकी राजकुमारी एस्ट्रिड नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेकी छन् । 

एस्ट्रिडलाई भरतपुर महानगरका मेयर रेणु दाहाल सहित महानगरपालिकाले बिहान भव्य स्वागत गरेको छ । 

सात दिने नेपाल भ्रमणमा आएकी राजकुमारी एस्ट्रिडले  हिँजोमात्रै भक्तपुरका भ्रमण गरेकी थिइन् । 

राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, नेपाली थैली र ढाकाको शल लगाई स्वागत गरेका थिए ।

प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज, नेपालका लागि बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा जिन पिरेरे बारोन स्किनकेलर्स, बेल्जियमका लागि नेपाली राजदूत आङ्ग छेरिङ शेर्पा, डा सुशील कोइराला, मेडिकल अधिकृत डा प्रमोदराज भट्टराई लगायत रहेका छन् ।

बुधबार, ०८ माघ २०७६, १२ : ०४

प्रतिक्रिया