आत्मसन्तुष्टिका लागि केसम्म गर्दैनन् मान्छे ?  १ अर्ब दान  दिए यी दम्पतीले

६ बर्ष अगाडि

नेपालगन्ज - आत्मसन्तुष्टिका लागि केसम्म गर्दैनन् मानिसहरू ? कोही मठमन्दिर पुग्छन् त कोही ध्यानकेन्द्र धाउँछन् । कोहीचाहिँ बिलासी गाडी किन्छन्, भव्य महल बनाउँछन् । नेपालगन्जको एक वृद्ध दम्पतीले भने भएजति जायजेथा अस्पताललाई दान गरेको छ ।


उनीहरूले दान गरेको सम्पत्तिको मूल्य चलनचल्तीमा एक अर्ब रुपैयाँभन्दा बढीको छ । नेपालगन्जका ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी तीन आना जग्गा नेपालगन्ज फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई दिएका हुन् ।

शाह ३० वर्षदेखि आँखा अस्पतालका संरक्षक छन् । उनले पत्नीको सहमतिमै मरणोपरान्त अस्पतालका नाममा जाने गरी जग्गा दान गरेको बताए । शाहका बुवाआमा उक्त अस्पतालका संस्थापक हुन् । उनका पिता फत्तेजंग शाह र आम बालदिव्येश्वरी शाहले ०४३ मा नेपालगन्ज फुल्टेक्रास्थित घर र एक बिघा जग्गा दान गरेका थिए । उनीहरूकै नाममा आँखा अस्पतालको नामकरण गरिएको हो । कान्तिपुरमा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया