बस दुर्घटनामा परि १२ जना घाइते

विहीबार, ०३ जेठ २०८१, १८ : १८

काठमाडौँ - बिहीबार पोखरादेखि गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ख ८१७५ नम्बरको बस रुरुक्षेत्रमा दुर्घटनामा परेको छ । 

गुल्मीको रिडीदेखि माथि फलाटेमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुखले जानकारी दिए । अहिलेसम्म १२ जना घाइते भन्ने सूचना आएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको एसपीले  बताए । 

विहीबार, ०३ जेठ २०८१, १८ : १८

प्रतिक्रिया