यी हुन् सरकारले कारवाही गरेका ४ म्यानपावर कम्पनी, एउटैलाई ३ लाखसम्म जरिवाना

४ बर्ष अगाडि

काठमाडौं – बैदेशिक रोजगार बिभागले पौष महिनामा बिभिन्न ४ म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । बिभागले बिभिन्न कम्पनीहरू माथि अनुगमन तथा छापा मार्दा यतिका कम्पनी कारवाहीमा परेका हुन् । 
बिभागकाअनुसार पौषमा कारवाही पर्ने कम्पनीमा आर बि ओभरसिज, लाइफलाईन प्रालि, विन रिक्रुटमेन्ट प्रालि र एक्टीभ इम्प्लोइमेन्ट सर्भिस रहेका छन् । 
आर वि ओभरसिज माथि पौष २ गते आकस्मिक अनुगमन गरिएको थियो । त्यसपछि बिबिध बिषयमा कम्जोरी देखिएपछि कम्पनीको कारोबार रोक्का गरिएको थियो । साथै, रू. २ लाख जरिवाना गरिएको बिभागको भनाइ छ ।
यस्तै, लाइफ लाईन माथि पौष ८ गते आकस्मिक अनुगमन गरिएको थियो । त्यसपछि उक्त कम्पनीलाई सचेत हुन निर्देशन दिदै रू. ३ लाख जरिवाना गरिएको बिभागको भनाइ छ । 
यस्तै, विन रिक्रुमेन्ट प्रालिलाई पनि पौष ८ गते नै आकस्मिक अनुगमन  गरि सचेत हुन निर्देशन दिइएको छ । साथै, रू. २ लाख जरिवाना तिराएको बिभागको भनाइ छ । यसैगरि एक्टीभ इम्प्लोइमेन्ट सर्भिसको मुद्दा माथि अनुसन्धान भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया