रोजगार बिभागबाट बिदाई हुँदै भुषाल, यस्ता छन्  १० महिनामा गरेका ६१ काम

४ बर्ष अगाडि

काठमाडौं – बैदेशिक रोजगार बिभागबाट महानिर्देशक भिष्म कुमार भुषाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा भएका छन् । गत चैत २८ गते बिभागको महानिर्देशक गत माघ २० गते आयोगमा सरुवा भएका हुन् । 
यद्यपि, उनले आयोगमा कार्यभार सम्हालेका भने छैनन् । उनी बैदेशिक रोजगार बिभागकै लागि विदेश जादैछन् । विदेशबाट उनी फर्केपछि बिभागबाट औपचारिक रुपम बिदाई हुने कार्यक्रम छ ।
उनले बिभागमा जम्मा २२० कार्यदिन काम गरे । यस बिचमा उनले थुप्रै उपलब्धी गरेको देखिन्छ । बिशेषगरि उनले मलेसियाको रोजगार खुलाउन महत्वपूर्ण भुमिका निर्वाह गरे ।
बिभागको विदाईको पूर्व सन्ध्यामा महानिर्देशक भुषालले यस अवधीमा गरेको केही कामको प्रगति विवरण सार्वजनिक पनि गरेका छन्, जुन यस प्रकार छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया