नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीको निर्देशन

विहीबार, २३ माघ २०७६, १५ : १३

प्रधानमन्त्री केपी शर्मा ओलीले नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाएर नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । 

सरकारले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन गत साताको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि यहाँ राख्ने स्थानको पहिचानमा भएको ढिलाइले उनीहरुलाई ल्याउन सकेको छैन ।


 

विहीबार, २३ माघ २०७६, १५ : १३

प्रतिक्रिया