आमाले ‘आमा’ फिल्म निःशुल्क हेर्न पाउने, कुन हलमा कति बजे ?

विहीबार, ०८ फागुन २०७६, १३ : ५७

काठमाडौं – काठमाडौंको ३ फिल्म हलमा आमा लिएर आमा फिल्म हेर्न जाँदा आमालाई फ्रिमा फिल्म देखाइने भएको छ । चलचित्र निर्माण पक्षले काठमाडौंको बिभिन्न चलचित्र हलमा यस्तो सेवा दिने घोषणा गरेको हो । 
निर्देशक दिपेन्द्र के खनालद्धारा निर्देशित यो फिल्म शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउदै छ । यसैबीच निर्माण पक्षले यस्तो घोषण गरेको हो । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायतका कलाकारको अभियन छ ।
काठमाडौंको जय नेपाल, क्र्यज र कुमाली हलमा यस्तो सुविधा दिइने बताइएको छ । जय नेपालमा ११ः४५ बजे, क्यूजमा १०ः४५ बजे र कुमारीमा ८ः३० बजेको सोमा यस्तो सुविधा दिने निर्माण पक्षको घोषणा छ । ती हलमा उक्त चलचित्र लाग्ने अवधीसम्ममा नै यो सुविधा प्रयोग गर्न पाइने छ ।

विहीबार, ०८ फागुन २०७६, १३ : ५७

प्रतिक्रिया