केपी ओली सरकारको अर्थमन्त्री बन्लान् त खतिवडा ?

६ बर्ष अगाडि

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेपछि केपी ओली नेतृत्वको सरकारको अर्थमन्त्री बनाउन लागिएको चर्चा सुरु भएको छ ।
मन्त्रीपरिषद्को बैठकले डा खतिवडालाई राष्ट्रियसभा सदस्यमा सिफारिश गरे लगत्तै राजनीतिक बजारमा उनलाई भावी अर्थमन्त्रीको रुपमा चर्चा सुरु गरिएको छ ।
राष्ट्रिय योजना आयोगमा रहँदा खासै प्रभावकारी काम गर्न नसकेको भन्ने डा खतिवडामाथि आरोप लाग्ने गरेको छ । एमाले भित्र अर्थमन्त्रीका लागि सुरेन्द्र पाण्डे, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायलते लविङ गरिरहेका छन् ।
एमाले र माओवादी केन्द्रबीच सोमबार मध्यरातमा पार्टी एकताको सहमति भएको छ । सो सहमतिअनुसार अब जुनसुकै नेतालाई पनि अर्थ मन्त्री बनाउन सकिने मार्ग प्रशस्त भएको छ । तर ओलीले निकटस्थहरुसँग डा खतिवडालाई यस पटक महत्वपूर्ण जिम्मेवारी दिइने बताउँदै आएका छन् ।
एमाले र माओवादी केन्द्रको निर्वाचन घोषणापत्र निर्माणमा समेत सहयोग गरेको, पछिल्लो पटक दुई दलबीचको आर्थिक कार्ययोजनाको मस्यौदा बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डा खतिवडालाई अर्थमन्त्री बनाउने लक्ष्यका साथ उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिश गरिएको हुन सक्ने बताइन्छ ।
तर अर्थमन्त्रीका लागि सुरेन्द्र पाण्डे, विष्णु पौडेललागयतले पनि लविङ गर्न छाडेका छैनन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया