दुतावासद्वारा दक्षिण कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन आग्रह

आइतबार, ११ फागुन २०७६, १३ : २३

दक्षिण कोरियामा  रहेका नेपालीलाई विशेष सावधानी अपनाउन नेपाली दुतावासले अनुरोध गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको सङक्रमण  दक्षिण कोरियामा पनि बढ्न थालेपछि दुतावासले यस्तो आग्रह गरेको हो ।

दक्षिण कोरियामा कोरोना भाइरस संक्रंमितको संख्या दोब्बर हुन लागेपछि विज्ञप्ती मार्फत सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।
 
दक्षिण कोरियामा भाइरसको सक्रंमणको शंका लागेका अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरुले समेत सार्वजनिक  स्वास्थ्य संस्थामामा गएर चेकजाँच तथा उपचार गराउन सक्ने बताइएको छ ।

हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरसबाट सक्रंमितको संख्या कुल ४ सय ३३ पुगेको जनाइएको छ ।

आइतबार, ११ फागुन २०७६, १३ : २३

प्रतिक्रिया