ओलीको जन्मदिनको केक बोक्न हेलिकोप्टर चार्टर्ड !

आइतबार, ११ फागुन २०७६, २१ : ४८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औं जन्म दिन मनाए । सो जन्मदिन मनाउन उनी आफ्नो जन्मघर तेह्रथुमको आठराइ पुगे । त्यहाँ उनको जन्मदिन धुमधामका साथ मनाउँदा केकका लागि हेलिकप्टर चार्डड भएको छ । 

आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको हो ।  सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। कतिपयले यो भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्यसमेत गरेका छन्।
 

आइतबार, ११ फागुन २०७६, २१ : ४८

प्रतिक्रिया