अभिनेता बिजय बरालले  कसे लगनगाँठो

शुक्रबार, १६ फागुन २०७६, १३ : २५

अभिनेता बिजय बरालले बिवाह गरेका छन् । कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग  बरालले लगनगाँठो कसेका हुन् ।

अभिनेता बराल र अभिनेत्री खनालले बिहिबार परम्परागत रूपमा बिवाह गरेका हुन् । दुबैको बिवाहमा बिहिबार काठमाडौको एक पाटी प्यलेसमा विवाह गरेका छन् । यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो । मण्डला थिएटरका कलाकार बिजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत  काम गरेका छन् ।

अभिनेता बिजयले कबड्डी ऋखला लगायत एक दर्जन भन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।

शुक्रबार, १६ फागुन २०७६, १३ : २५

प्रतिक्रिया