‘सेण्टी भाइसरले’ कमायाे ९ दिमा ४ करोड ८ लाख

सोमबार, १९ फागुन २०७६, ११ : ४२

चलचित्र ‘सेन्टी भाइरस’ ले ९ दिनमा ४ करोड भन्दा धेरै कमाएको छ । 

चलचित्र प्रदर्शनीको ९ दिनमा देशभरीबाट ४ करोड ८ लाख  कमाएको निर्माण टिमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

सो मध्ये राजधानीबाट २ करोड १० लाख ३ हजार र मोफसलको १ करोड ९० लाख ५ हजार कमाइ भएको राजधानीका वितरक गोविन्द शाहीले बताए । 

‘६ महिनादेखि हलमा दर्शक नआएर धरासायी हुने अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई ‘सेन्टी भाइरस’ ले ठूलो आशा जगायो’, उनले भने । 

दोस्रो हप्तामा पनि फिल्म देशभर ८० भन्दा बढी हलमा प्रदर्शन भैरहेको निर्माण पक्षले जानकारी दिएको छ । ‘दोस्रो हप्ताको शुक्रवार र शनिवार पनि फिल्म देशभर हाउसफुल रह्यो । यसरी हेर्दा फिल्म लामो रेसको घोडा बन्नेमा हामी विश्वस्त छौं’, उनले भने । 
 
रामबाबु गुरुङ निर्देशित फिल्मको ५० प्रतिशत आम्दानी भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन खर्च गरिने जनाइएको छ । 

रु. २ करोड ८५ लाख फिल्म निर्माणका लागि लगानी भएको बताउँदै प्रमुख कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले हल व्यापार, डिजिटल राइट्स र ओभरसिज राइट्स मिलाएर लगानी उठेको बताए । 

‘जुन अभियानका लागि हामीले फिल्म निर्माण गरेका थियौं अब हामी त्यसतर्फ अगाडि बढेका छौं, फिल्मको लगानी सुरक्षित भैसकेको अवस्था छ’, उनले भने । 

प्रदर्शनको दुई दिन फिल्मले आक्रामक व्यापार गरे पनि आइतबारपछि केही कन्फ्यूजले व्यापारमा घटबढ भएको उनको भनाई छ । 
 
फिल्मको समीक्षा गर्नु समिक्षकको अधिकार रहेको भन्दै उनले समिक्षकबाट प्राप्त सल्लाह, सुझाव र प्रतिक्रियालाई आफूहरुले आत्मसात् गरेर ‘सेन्टी भाइरस’ मा भएका कमी–कमजोरीलाई आगामी दिनमा हुन नदिने उनले प्रतिवद्धता जनाए । 
 
सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित फिल्म  ‘सेन्टी भाइरस’ मा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणी नेपाललगायतका कलाकाहरुको अभिनय छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह–निर्माता फूर्पा लामा हुन् । फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । 

सोमबार, १९ फागुन २०७६, ११ : ४२

प्रतिक्रिया