२ अर्बको लागतमा क्यान्सर अस्पताल बनाउदै स्वेता

सोमबार, १९ फागुन २०७६, १५ : १६

२ अर्ब लागतमा नायिका श्वेता खड्काले अस्पताल निर्माण गर्नै भएकी छिन ।
नायिका खड्काले १०० शैयाको क्षमता रहेको क्यान्सर अस्पताल निर्माण गर्नै लागेकी हुन ।करिब ३ बर्ष भित्रमा सो अस्पताल निर्माण गरिसक्ने लक्ष्य  लिइएको छ ।श्वेताले ललितपुरको गोदावरीमा उक्त अस्पताल बनाउने भएकी छिन ।
पति श्रीकृष्ण श्रेष्ठको  क्यानसरका कारण  मृत्यु भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी छिन ।
गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो ।

सोमबार, १९ फागुन २०७६, १५ : १६

प्रतिक्रिया