मुम्बई । अभिनेता अक्षयकुमार अभिनित प्रतिक्षित फिल्म हो ‘सुर्यवंशी’ । यसैबर्ष भित्र रिलिज हुने फिल्मको ट्रेलर रिलिज भएको छ ।
ट्रेलर रिलिज हुने बितिकै सामाजिक संजालमा भाइरल भइरहेको छ । फिल्म रोहित शेट्ीले निर्देशन गरेका हुन् । फिल्ममा अक्षयकुमार एक एन्टी टेररिज्म स्क्वोड कप बनेका छन् ।
फिल्ममा अभिनेत्री कट्रीना कैफले उनको श्रीमतीको भुमिका निर्वाह गरेकी छन् । फिल्ममा यी दुबैका एक सन्तान पनि छ । जो आतंकवादीले हमालमा मारिन्छ ।
निर्देशक रोहिट एक्सन फिल्म मार्फत दर्शकको मन जित्न सफल छन् । फिल्मको सार्वजनिक ट्रेलरमा पनि भरपुर एक्सन र धमाका देख्न सकिन्छ ।
ट्रेलरमा सिंघम अर्थात अजय देवगान, सिंबा अर्थात रणवीर सिंह समेत देखिएका छन् । यी तीनैको एउटै पर्दामा एक्सन दर्शकले रुचाउने आस निर्माण पक्षको छ । लामो समयपछि अक्षय र कट्रीना पनि जोडीको रुपमा फिल्म मार्फत देखिन लागेका हुन् ।
ट्रेलर ४ मिनेट लामो छ । ट्रेलर बलिउड फिल्मको अहिलेसम्मकै लामो बताइएको छ । फिल्म मार्फत अक्षयकुमारले फेरि एकपटक देशभक्ती पेस गर्न लागेका हुन् ।
फिल्ममा गुलशन ग्रोवर, अभिमन्यु सिंह, ज्याकी श्राप र विवियन भटेनाको पनि मुख्य भुमिका रहेको छ । फिल्म २४ मार्चमा रिलिज हँुदैछ ।
प्रतिक्रिया