कोरोना प्रभावित मुलुकमा नेपाली कामदारलाई जान रोक

४ बर्ष अगाडि

काठमाडौं –  नेपाल सरकारले कोरोनाबाट प्रभावित मुलुकमा जाने नेपाली कामदारलाई हालको लागि श्रम स्वकिृती नदिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्ता मुलुकमा सिमित अवधीका लागि श्रम स्वीकृति नदिने तयारी गरेको छ ।
अदालतले मन्त्रालयलाई बिभिन्न पाँच मुलुकका लागि श्रम स्वीकृति नदिने भनेर स्वीकृति दिइसकेको छ । त्यसको पुर्ण पाठ आएपछि मंगलबार बेलुकासम्म यस बिषयमा उचित निर्णय गरिने मन्त्रालयको स्रोतले आजको अर्थलाई बताएको छ ।
सरकारले आजदेखि नै कोरोना प्रभावित मुलुकमा अध्ययन अनुमति पत्र दिन रोक लगाइसकेको छ । चीन, दक्षिण कोरिया, जापान सिंगापुर, इटाली, इरान लगायतका मुलुकमा जाने विद्यार्थीलाई स्वीकृति दिन रोक लगाइएको हो । 
मन्त्रालयको स्रोतले भन्यो, ‘श्रम स्वीकृति रोक्ने बिषयमा आधिकारीक निर्णय भइसकेको छैन । यद्यपि, पाँच देशमा रोक लगाउनु भनेर अदालतले भनिसकेको अवस्था छ । त्यसको पुर्णपाठ आएपछि हामीले परिस्थीती अनुसारको निर्णय लिन्छौं । हाम्रो पहिलो प्राथमिकता भनेको नै नागरिकको रक्षा गर्नु हो । सायद, आज बेलुकासम्म एउटा निर्णय हुन्छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया