प्रधानमन्त्री ओलीको दोश्रो पटक सफल मिर्गौला प्रत्यारोपण

बुधबार, २१ फागुन २०७६, १५ : १४

प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ ।

त्रिभुवन विश्वविद्यलय शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे अप्रेसन थिएटरमा प्रवेश गरेकाका प्रधानमन्त्री ओलीको करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।  

पहिलोपटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको मृगौलाले पछिल्लो समय राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । 

प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

बुधबार, २१ फागुन २०७६, १५ : १४

प्रतिक्रिया