अक्टुबर २३ मा रिलिज हुने ‘केजिएफ २’

सोमबार, ०३ चैत्र २०७६, १२ : ४६

यस वर्षकै प्रतिक्षित चलचित्र , ‘केजिएफ २ को निर्माण पक्षले  रिलिज मिति पक्का  गरेको छ । दर्शकले ‘केजिएफ २’को प्रतिक्षा निकै लामो समय देखि गरिरहेका छन ।  

यही आउँदो अक्टुबर २३ लाई रिलिज मिति तय गरेको छ । निर्माण टिमले सामाजिक संजालमा पोष्ट गर्दै चलचित्रको रिलिज मिति बताएका हुन् ।

केजिएफ २ मा मुख्य अभिनेता  यश नै हुन् भने चलचित्रमा यशसँगै संजय दत्त र श्रीनिधि शेट्ठीको मुख्य भूमिका रहने छ । प्रशन्त निलको निर्देशनमा रहेको चलचित्रलाई विजय किर्गान्दुरले निर्माण गरेका हुन् । यो चलचित्र ५ भाषामा रिलिज हुनेछ । 
 

सोमबार, ०३ चैत्र २०७६, १२ : ४६

प्रतिक्रिया