कोरोना भाइरसको प्रभाव फिल्म बाघी ३ मा, अपेक्षाअनुसार भएन कमाई

सोमबार, ०३ चैत्र २०७६, १४ : ३२

काठमाडौं – टाइगर श्रॉफ र श्रद्धा कपूर मुख्य अभिनय रहेको बाघी ३ को बक्स अफिस कमाई  कोरोनाभाइरस प्रकोपका कारण घट्न थालेको छ। मार्च ६  तरिखमा रिलिज  भएको फिल्मले पहिलो हप्तामै भारु १०० करोड कमाउने अपेक्षा गरिएको थियो । तर, एक हप्ता बितिसक्दा पनि फिल्मिको कमाई भारु ९२  करोडमा सिमित भएको छ।

अहमद खानको निर्देशनमा बनेको फिल्म बाघी ३ ले मार्च १३ देखि मार्च १५ को बीचमा ४.५ करोड  कमाएको छ।
कोरोनाभाइरसले बाघी ३ को बक्स अफिस कलेक्समा असर  पु¥याइ रहेको छ। भारत सरकारले (कोभिड १९) को डरले मार्च ३१ सम्मको लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

बाघी ३ ले उद्घाटन दिनमा १७ करोड कमाई गरेको थियो भने शुरुका तीन दिनमा मात्रै यस फिल्मले ५२  करोड कमाएको थियो।  पहिलो हप्ताको अन्त्यसम्ममा भने बाघी ३ ले ८७.५० करोड कमाएको छ।

मार्च १६ सम्म, बाघी–३ ले विदेशी बजारमा २१ करोड बराबरको कमाई गरेको छ।  बलिउड हंगामाका अनुसार फिल्मिले विश्वव्यापी रुपमा १३० करोड बराबरको कलेक्सन गरेको छ ।

बाघी ३, श्रृंखलाको तेस्रो भाग हो। यसको पहिलो भाग २०१६ मा र दोस्रो भाग २०१८ मा रिलिज भएको थियो ।

सोमबार, ०३ चैत्र २०७६, १४ : ३२

प्रतिक्रिया