कोरोनाको प्रभाव : नेपाली चलचित्र बजारमा

बुधबार, ०५ चैत्र २०७६, १७ : ३७

कोरोना प्रभाव नेपाली फिल्म बजारमा पनि देखिएको छ । कोरोनाको प्रभावले गर्दा रिलिज हुन लागेका चलचित्रहरुले धमाधम चलचित्रको रिलिज मिति पोष्टपोड गरेका छन । 

चैत्र ७ गते रिलिज हुने भनिएको चलचित्र ‘निरफूल’को रिलिज मिति स्थगित भैसकेको छ  ।  शिवहरि पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा दीलिप रायमाझी, प्रियंका कार्की, किरण केसी, वर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

यस्तै, चैत्रको २१ गते रिलिज हुने भनिएको चलचित्र  ‘लक्का जवान’ पनि प्रर्दशन नहुने भएको छ । 

यस्तै अर्का चलचित्र ‘प्रेमगीत ३’  चैत्र २९ गते  रिलिज हुने भनिएकोमा त्यसको पनि रिलिज  मिति सरेको छ । 

नयाँ बर्षको छेकोमा रिलिज हुने चलचित्रले कमाई राम्रो गर्न गरेका छन् । तर यसपटक भने कमाउने महिनामा नै चलचित्र रिलिज नहुँदा निर्माता तथा हल संचालकहरुलाई ठुलो मर्का परेको छ । 

बुधबार, ०५ चैत्र २०७६, १७ : ३७

प्रतिक्रिया