भारतबाट तेल ल्याउने आयल निगम प्रवेश गर्दा यस्ताे छ सुरक्षा र सतर्कता

विहीबार, ०६ चैत्र २०७६, २० : ०५

नेपाल आयल निगमले कार्यालय र डिपोहरुमा प्रवेश गर्दा सुरक्षा र सतर्कताका उपायहरु अपनाएको छ ।

विश्वभर कोभिड १९ को संक्रमण फैलिएपछि कर्मचारी तथा सेवाग्राही प्रवेश गर्दा निगमले सुरक्षा र सर्तकता अपनाएको हो । 

भारतबाट ईन्धन ल्याईने तथा दिनहुँ डिलर (पेट्रोल पम्प) धनिहरु इन्धन लिन आउने भएकोले नेपाल आयल निगमक कर्मचारी संघ (आधिकारीक ट्रेड युनियनले) देशैभरीका डिपो तथा कार्यालयहरुमा सतर्कताका सामग्री उपलब्ध गराउन माग गरेको थियो । 

सोही बमोजिम निगम प्रशासनले देभभरीका डिपोहरुमा शरीरको तापक्रम नाप्ने यन्त्र, मास्क, पञ्जा, स्यानिटाइजर लगायतका सामग्री उपलब्ध गराएको संघका अध्यक्ष गोपालचन्द्र राईले बताए ।

निगमसँग कारोबार गर्ने १९ सय बढी ट्याँकरका ३८ सय चालक सहचालकहरु र १६ सय भन्दा धेरै डिलरहरुका कर्मचारीहरु छन । चालक सहचालक भारतबाट इन्धन बोकेर आउने गर्दछन् ।   

निगमका सबै डिपो तथा कार्यालयहरुमा प्रवेश गर्दा शरिरको तापक्रम नाप्ने र मास्क, सेनेटाइजर, पञ्जा उपलब्ध गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था गरिएको छ । 

विहीबार, ०६ चैत्र २०७६, २० : ०५

प्रतिक्रिया