सिल्क एयरको जहाज जबर्जस्ती त्रिभुवन विमानस्थलमा ओर्लियो

शनिबार, ०८ चैत्र २०७६, २३ : १६

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट आएको सिल्क एयरको जहाज जबर्जस्ती अवतरण गरेको छ । 

इन्धन सकिएको भन्दै सो जहाज विमानस्थलमा आकस्मिक अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

बेलुका साढे ८ बजे अवतरणा गरेकाे सो बिमानको ढोका खोल्न भने दिइएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी रामकृपाल साहका अनुसार सिल्क एयरमा करिब ९० नेपालीसहित केही विदेशी पनि छन्।

सो हवाई जहाजमा एक जना नेपाली मूलका विदेशी नागरिक पनि छन्, उनी नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाएको देशका भएकाले हवाई जहाजमा रहेका सबै यात्रुहरुलाई बाहिर निस्कन नदिइएको हो । 

सो हवाई जहाजलाई के गर्ने भन्ने निर्णय हुन बाँकी छ । सम्भवतः तेलमात्र भर्न दिएर हवाईजहाजलाई उतै फर्काइने स्रोतले बतायो ।

 

शनिबार, ०८ चैत्र २०७६, २३ : १६

प्रतिक्रिया