नेपालमा कोरोना भाइरसको संक्रमित बढ्न थालेपछि सरकारले चैत्र २५ गते सम्म ‘लकडाउन’ गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ ।
‘लकडाउन’ का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई अहिले विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् । यसबीच, अभिनेत्री वर्षा सिवाकोटीले पनि ज्याला मजदुरी गरेर जीवन चलाउनेहरुलाई राहत स्वरुप १ लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । आइतवार फेसबुकमा एक भिडियो साझेदार गर्दै उनले सहयोग रकम घोषणा गरेकी हुन् ।
उनले आफ्नो व्यक्तिगत तर्फबाट मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ दिन लागेको भिडियोमा बताएकी छन् । उनले भिडियोमा भनेकी छन्, ‘यो पैसाले आफैंले राहत किनेर ती मजदुरी दाजुभाई दिदी बहिनीसमक्ष पुर्याउने इच्छा थियो तर सरकारले सुरक्षित रहनका लागि ‘लकडाउन’ गरेकाले प्रधानमन्त्री राहत कोषमार्फत् दिने सोच बनाएँ ।’
प्रतिक्रिया