सलमान खानद्धारा २५ हजार मजदुरलाई सहयोग
कोरोना भाइरसका कारण भारतमा २१ दिनको ‘लकडाउन’ गरिएको छ । । तर, ज्याला मजदूरी गरेर परिवार पाल्ने मजदूरहरुलाई ‘लकडाउन’ ले ठूलो समस्या उत्पन्न भएको छ । उनीहरुलाई यो संकटको घडीमा थुप्रै बलिउड स्टारहरुले सहयोग गरिहेका छन् ।
यसैबीच सलमान खानले फिल्म इन्डस्ट्रीका २५ हजार मजदूरलाई मद्दत गर्ने फैसला लिएका छन् । उनले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ बाट सहयोग गर्ने घोषणा गरेका हुन् ।
‘एफडब्लूआइसिइ’ का प्रेसिडेन्ट बी एन तिवारीका अनुसार, सलमान खानले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ को माध्यमबाट उनको अर्गनाइजेशनमा पुगेर मजदूरका लागि सहयोगको हात अगाडि बढाएका हुन् ।
त्यस्तै, ‘एफडब्लूआइसिइ’ का जनरल सेक्रेटरी अशोक पन्डितले भनेका छन्, ‘सलमान खान ले हामीसँग मजदूरी गरेर परिवार पाल्ने २५ हजार व्यक्तिको एकाउन्ट डिटेल्स मागेका थिए र उनले यी सबै मजदूरहरुलाई आर्थिक रुपमा सहयोग गर्न चाह्नछन।’ पन्डितका अनुसार, सलमान खानले मजदूरहरुको मेडिकल सुविधाका लागि हरेक महिना ५ लाख खर्च गर्दैछन् ।
प्रतिक्रिया