‘लकडाउन’ का कारण फिल्मका प्राविधिकलाई हात मुख जोर्नै समस्या

बुधबार, १९ चैत्र २०७६, २३ : ०६

कोरोनाको त्रासले लकडाउन भएसंगै एक महिनायता नेपाली फिल्मको छायांकनदेखि प्रदर्शनसम्म स्थगित हुँदा फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई पनि आर्थिक संकट परेको छ । रोजीरोटी गुमेका कारण उनीहरुको परिवारलाई बिहान बेलुका छाक टार्न समेत समस्या हुन थालेपछि प्राविधिकहरुको हकहितका लागि गठित संस्था चलचित्र प्राविधिक संघले सहयोग जुटाउन थालेको छ ।
 
‘लकडाउन’ का कारण फिल्मका प्राविधिकलाई हात मुख जोर्नै समस्या भएपछि प्राविधिक संघले अति विपन्न करिब सय जना प्राविधिकका परिवारलाई आर्थिक वा दैनिक आवश्यक खाद्य सामग्री किनेर सहयोग गर्न फिल्मकर्मीलाई अपिल गरेको छ । संघका अध्यक्ष पुष्कर लामाले अभावले हातमुख जोड्न गाह्रो भएका प्राविधिकहरुको लागि राहत पुर्‍याउने काम संघले चाँडै गर्ने बताए ।
 
फिल्ममा ज्यालादारी गर्ने भान्सा, लाइट, स्पट, केयरटेकरसहित विभिन्न प्राविधिकहरुले चामल किन्ने पैसा नभएको भन्दै फोन गर्न थालेपछि उनीहरुको नाम संकलन गरिएको र दुई दिनमा करिब सय जनाले फोन गरेर दैनिक आवश्यक खाद्यान्न सहयोग माग गरेको अध्यक्ष लामाले जानकारी दिए । 

बुधबार, १९ चैत्र २०७६, २३ : ०६

प्रतिक्रिया