अभिनेता सलिनमानले होम क्वारेन्टाइनमा रमाइलोका लागि म्याजिक

विहीबार, २० चैत्र २०७६, १४ : ४३


 कोरोना भाइरसको त्रासका कारण सरकारले ‘लकडाउन’ गरेपछि अभिनेता सलिनमान बनियाँ पनि ‘लकडाउन’ का कारण घरभित्रै छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ पछि कुनै नयाँ फिल्म साइन नगरेका उनले क्वारेन्टाइनको समयमा आफ्नो सौख पूरा गरिरहेका छन् । अभिनेता बन्ने कहिल्यै कल्पना समेत नगरेका उनलाई म्याजिक (जादू) देखाउन भने बाल्यकालदेखि नै निकै मनपर्थ्यो ।
 
फुर्सदको समयमा साथीहरुलाई तासको म्याजिक देखाउने गरेका उनले त्यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिरहेका हुन्छन् । ‘लकडाउन’ को समयमा भने उनले घरमै तासको ‘म्याजिक ट्रिक्स’ को भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । अभिनेता सलिनमानले क्वारेन्टाइनमा बसेर दिक्दार भएकालाई रमाइलोका लागि म्याजिक देखाएको बताएका छन् ।
 
उनले तासको जादू देखाउनुभन्दा अगाडि सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो एकदमै संवेदनशिल समय हो । मेरो अनुरोध छ सबैजना घरभित्रै बस्नुहोला ।’ सलिनको तासको ‘म्याजिक ट्रिक्स’ लाई दर्शकहरुले निकै मन पराएका छन् । यस प्रकारका भिडियो अरु पनि बनाउन दर्शकले उनलाई आग्रह गरेका छन् ।
 

विहीबार, २० चैत्र २०७६, १४ : ४३

प्रतिक्रिया