शाहरुख खानले गरेको सहयोगको चर्चा सामाजिक संजालमा

शनिबार, २२ चैत्र २०७६, १६ : ०५

भारत लगायत विश्वभर कोरोना भाइरसको महामरी फैलिरहेको छ । यसैबीच भारत सरकारलाई बलिउडका सेलिब्रटीहरुले
आफुले सक्ने सहयोग गरिरहेका छन् । 

यसैबीच बलिउडका किङ खान अर्थात शाहरुख खानले भारत सरकारलाई ठुलो सहयोग गरेका छन् । उनको सहयोगको चर्चा सामाजिक संजालमा कदमै भइरहेको छ ।

उनले  रेड चिलीज  ट्विटर एकाउंटबाट आफुले गरेको सहयोगको खुलासा गरेका छन् । जसअनुसार कङ खानले एक मात्र नभएर सात ठाउँको लागी सहयोग गरेका छन्  ।

शाहरुख खानले पहिलो सहयोग प्रधानमन्त्री राहत कोषमा गरेका छन्, दास्रो सहयोग महाराष्ट्र मुख्यमंत्री राहत कोषमा,तेस्रो  स्वास्थ्य सेवा प्रदाताको लागी व्यक्तिगत सुरक्षा उपकरण ( ५० हजार पिपिई किट्स उपलब्ध गराईने छ ), चौथो सहयोग द अर्थ फाउंडेशनलाई (जसमा ५५ सय परिवारलाई एक महिनासम्म निशुल्क खाना खुवाइने छ ), पाचौं ंरोटी फाउंडेशनलाई ( जसले हरेक दिन १० हजार व्यक्तिहरुलाई एक महिनासम्म ३ लाख खानाको किट उपलब्ध गराइने छ ),छैठौं संस्था वर्किंग पीपल्स चार्टरलाई (जसले दिल्लीका २५ सय दैनिक ज्याला मजदुरहरुलाई खाध साम्रागी वितरण गरिने छ ), त्यसको साथै शाहरुख खानले सातौं सहयोग युपी, दिल्ली, बिहार, पश्चिम बंगाल र उत्तराखंडमा एसिड अट्याक पीडितहरूका लागि मासिक तलब घोषणागरेका छन् ।

सोशल मीडियामा शाहरुख खानको एकदम चर्चा भएको छ। यद्यपि उनले यस अवधिमा कति करोड रुपैयाँ योगदान दिए भन्ने कुराको खुलासा गरिएको छैन ।

शनिबार, २२ चैत्र २०७६, १६ : ०५

प्रतिक्रिया