केही समय अगाडि कोरोना पोजेटिभ देखिएकी बलिउड गयिका कनिका कपूरलाई चाँडै एसजीपीजीआई अस्पतालबाट डिस्चार्ज हुन सक्ने छिन् । पीजीआई द्वारा शनिबार साँझ एक बयान जारी गरिएको थियो। यस अनुसार, कनिका कपूरको कोरोना रिपोर्ट नकरात्मक आएको छ। उनको अर्को रिपोर्ट आउन बाँकी छ। त्यसपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ। डाक्टरका अनुसार उनि अहिले खतराबाट बाहिर छिन् । जानकारीका अनुसार बलिउड कनिका कपूरको पाँचौं रिपोर्ट नकरात्मक आएको छ।
कनिका कपुर मार्च ९ मा लन्डनबाट भारत आएकी थिइन । त्यसपछि मार्च २० मा उनलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक भएको थियो । त्यस्तै कनिकालाई कोरोना पोजेटिभ भएको कुरा लुकाएको र लापरबाही गरेको आरोप पनि लागेको थियो । कपुर जब भारत फर्केकी थिइन तेस बेलासम्म भारतमा सेल्फ आईसोलेशन जस्ता कुराहरुको केही व्यवस्था थिएन् र मार्च १० मा भारतमा हाली मनाइरहेका थिए । यस पछि, उनमा लगातार चारवटा कोरोना टेस्टमा संक्रमणबाट सकारात्मक फेला परेको थियो ।
प्रतिक्रिया