लकडाउनमा साथीहरुसँग मंहगो कारमा घुम्न निस्किएकी अभिनेत्री शर्मिला, भयो दुर्घटना

आइतबार, २३ चैत्र २०७६, १४ : ४१

अभिनेत्री  शर्मिला मन्ड्रे र उनका साथीहरू शनिबार एक कार दुर्घटनामा घाइते भएका छन् । प्रहरीका अनुसार अभिनेत्री र उनका साथी लोकेश वसन्त महँगो कारमा घुम्न निस्किएका थिए । उनी विरुद्ध आईपीसी धारा र एनडीएमए ऐन अन्तर्गत लापरवाहका साथ  गाडी चलाएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

 प्रहरी  रविकांत गौडाले भने कि कार हाई ग्राउन्ड्स पुलिस स्टेशन अन्तर्गत रेलमार्ग पुलको नजिकै दुर्घटनाग्रस्त भएको थियो । घटनापछि त्यहाँ पुगेर दुई जना लोकेश वसन्त  र शर्मिला मन्द्रे  लाई चुनिघम रोडको फोर्टिस अस्पतालमा भर्ना गरिएको छ ।


गौडाले भने, हामीले आफैंले मुद्दा दर्ता गरेका छौं ।  हामी अनुसन्धान गरिरहेका छौं कि कसरी तिनीहरू लकडाउन उल्लंघन गरे ।  तिनीहरू रमाईलोको लागि बाहिर निस्के, यो एक अक्षम्य अपराध हो । हामीले उनीहरू विरुद्ध एनडीएमए ऐन अन्तर्गत कारबाही सुरु गरेका छौं ।

आइतबार, २३ चैत्र २०७६, १४ : ४१

प्रतिक्रिया