गायिका कनिका कपुर कोरोना भाइरसबाट पूर्ण रुपमा निको भएकी छन् । उनको छैठौं रिपोर्ट पनि नेगेटिभ आएको छ । त्यसपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । उनको पाँचौं परिक्षण अप्रिल ४ मा गरिएको थियो । पाचौं रिपोर्ट पनि नेगेटिभ आएको थियो । छैठौं रिपोर्ट आज आएको छ । मार्च २० मा कोरोना संक्रमण पोजेटिभ भए पछि उनको पीजीआई, लखनऊमा उपचार भइरहेको थियो ।
कानिका कपुरले कसैलाई पनि जानकारी नदिइ र कोरोना उद्धारको नियम पनि पालना नगरी लन्डनबाट फर्कनको भन्दै मुद्दा दर्ता गरिएको छ । शनिबार कोरोना रिपोर्ट नेगेटिभ आएपछि कानिकाले उनका वकिलसँग कुरा गरेकी थिइन। यो आरोप छ कि कनिकाले एयरपोर्टमा पनि जाँच गराएकी थिइनन् र प्रशासनले कनिका बिरूद्ध सर्जनीनगर पुलिस स्टेशनमा संक्रमण लुकाएको भन्दै मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया