नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा

सोमबार, २४ चैत्र २०७६, १३ : २०

अमेरिकन आइडलको १८ औं संस्करणको शीर्ष २० मा एकजना नेपाली पनि पुग्न सफल भएका छन् ।

नेपाली मूलका २१ वर्षे दिवेश दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा पुग्न सफल भएका हुन् । 

अमेरिकन आइडलले सोमबार राती प्रशारण आफ्नो कार्यक्रममार्फत् शीर्ष २० प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।

दिवेश आर्थर गन नामबाट रिचित उनलाई  निर्णायक मण्डलमध्येका एक लियोनेल रिचीले सबै प्रतिस्पर्धीमध्ये सबैभन्दा युनिक प्रतिस्पर्धीको उपमा दिएका थिए ।

अमेरिकन आइडलको शीर्ष २० प्रतिस्पर्धी घोषणा गर्नुअघि रिचीले भने ‘जब तिमी हामीमाझ पहिलो पटक आयौ तब हामीले तिमीबाट के आशा गर्ने भनेर ठम्याउनै सकेनौं । तर जब तिमीले आफ्नो मुख खोल्यौ, तिमीले तत्काल आफ्नो परिचय स्थापित गरिहाल्यौ ।’

दिवेशको प्रस्तुती हेर्न उनको सपरिवार अमेरिकन आइडलको स्टेजमा पुगेको थियो । प्रस्तुती दिनुअघि उनले आफ्नो परिवारलाई धन्यवाद दिए । कार्यक्रममा उनले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीतमा आफ्नो प्रस्तुती दिएका थिए ।

आफू अमेरिकन आइडलको शीर्ष २० मा छानिँदा उत्कृष्ट महसुस भएको दिवेशले बताए ।

अहिले भने केही समयका लागि कोरोना भाइरसका कारण अमेरिकन आइडलले आफ्नो कार्यक्रमको निर्माण रोकिएको छ ।

सोमबार, २४ चैत्र २०७६, १३ : २०

प्रतिक्रिया