कोरोनाका कारण एक महिनायता नेपाली फिल्मका सम्पूर्ण गतिविधि ठप्प भएपछि फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई बिहान बेलुकाको छाक टार्नै धौधौ परेको छ । प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न सेलिब्रटीहरुबाट सहयोग रकम जुटिरहेको छ ।
अभिनेत्री पुजा शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । त्यस्तै, अभिनेत्री वर्षा राउतबाट ५१ हजार सहयोग रकम प्राप्त भएको पनि उनले बताए । बिहान बेलुकाको छाक टार्नै समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ ।
आइतवारबाट प्राविधिकहरुको घरमै राहत सामाग्री पुर्याउने तयारी गरिएको अध्यक्ष लामाले जानकारी दिए । प्राविधिकलाई ३ हजार रुपैयाँ बराबरको राहत प्याकेज स्वरुप एक बोरा चामल, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यन्न सामाग्री प्रदान गरिने उनले बताए । संघमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरि तीन सय जनालाई राहत वितरण गरिँदैछ ।
प्रतिक्रिया