सोनमले पटाका फुटाउनेलाई भनिन मूर्ख , बन्यो उनको ट्रोल

सोमबार, २४ चैत्र २०७६, २० : ४०

सोनम कपुर प्राय सोशल मिडियाको चर्चामा आइराख्छिन् ।

सोमबार, सोनमको एउटा ट्वीटको कारण, उनि सोशल मिडियाको  शीर्ष ट्रेंडमा सामेल भएकी छन् ।

आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा  देशभर बत्ती  बालिएको थियो । तर धेरै स्थानहरूमा देखियो कि मानिसहरूले पटाक र आगो पनि जलाएका थिए ।

बिहेपछि  दिल्लीमा बसिरहेकी सोनमले यसको विरोध गर्दै एउटा ट्वीट गरिन् र कुकुर र जनावरलाई हुने कष्टको बारेमा उनले लेखेकी थिइन् । यसपछि मानिसहरूले सोनम कपूरको ट्रोल बनाएका थिए ।

सोनमले आइतवार रात ९ः१५ मा ट्वीट गर्दै, मानिसहरूले पटाका जलाइरहेका छन् जसले गर्दा  कुकुरहरु डराउँछन् ,के मानिसहरूलाई आजको दिवाली हो जस्तो लाग्छ ? म धेरै भ्रममा छु । आफ्नो यस ट्वीटको  २ मिनेट पछि सोनमले अर्को ट्वीट गरी लेखिन्, केही समय अगाडि शान्ति र मौन रहेको थियो, तर अब चराहरू र कुकुरहरू डराइरहेका छन् किनकि दक्षिण दिल्लीका केही मूर्खहरूले आज पटाका जलाउने निर्णय गरे। 

उनको यो ट्वीट पछि, सोनम सोशल मीडियामा ट्रोलको निशानामा आईन् । धेरै व्यक्तिहरूले उनलाई उनको विवाहमा  पटाका जलाउनदेखि लिएर जम्मा हुने सबै घटनाहरू याद गराए  । सोनम र उनका बुबा अनिल कपूरको केहि तस्बिर पनि एकदमै भाइरल भइरहेको छ, जसमा उनले पटाकाले भरिएको लामो धागो जलाइराखेको छन् ।

सोमबार, २४ चैत्र २०७६, २० : ४०

प्रतिक्रिया