ऐश्वर्याको फिल्म जुन कहिले भएको छैन रिलीज, यसको भिडियो सोशल मीडियामा भइरहेको छ भाइरल

मंगलबार, २५ चैत्र २०७६, १६ : ३६

ऐश्वर्या राई बच्चन आजकल फिल्म क्षेत्रबाट टाढा छिन्  तर सामाजिक संजाल मार्फत उनी आफ्ना प्रशंसकहरूसँग नजिक छिन्। लकडाउनमा सेलिब्रटीहरु लगायत  साधारण व्यक्तिहरू पनि सामाजिक संजाल ,टिभी वा फिल्म हेरेर उनीहरूको लकडाउनको पालना गरेर घरभित्र नै बसिरहेका छन् । 

लकडाउनमा ऐश्वर्या राई बच्चनको  एउटा पुरानो भिडियो अचानक भाइरल  भइरहेको छ । रमाइलो कुरा यो छ की यो भिडियो त्यस  फिल्मको बारेमा बताइएको छ जुन कहिले रिलीज भएको थिएन ।

यस भिडियोमा ऐश्वर्या राई बच्चन परम्परागत लुकमा देखिन्छिन्। उनले बैजनी रंगको लेहेंगा लगाएकी  छन् । भिडियोमा, ऐश्वर्या डान्सको इस्टेप सिक्दै छिन्। रिपोर्टका अनुसार यो भिडियो सन १९९७ को फिल्म राधेश्याम सीतारामको हो । यद्यपि यो फिल्म रिलीज हुन सकेन । फिल्ममा ऐश्वर्यासँग सुनील शेट्टी पनि थिए । 

यो भिडियो गीतको शुटिको क्रममा शूट गरिएको थियो । ऐश्वर्या राईले आफ्नो प्रख्यात फिल्म क्यारियरमा धेरै हिट फिल्महरूमा काम गरेकी छिन्। फिल्ममा ऐश्वर्या राई र सुनील शेट्टी मुख्य भूमिकामा थिए भने यस फिल्ममा परेश रावल पनि मुख्य भूमिकामा थिए। यद्यपि यो फिल्म पूरा नभएको कारण फिल्म रोक्नु परेको थियो ।

मंगलबार, २५ चैत्र २०७६, १६ : ३६

प्रतिक्रिया