नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १२ पुग्याे

आइतबार, ३० चैत्र २०७६, ०९ : १६

नेपालमा थप तीन जनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपनि तथ्यांक सार्वजनिक गर्न भने संघीय सरकारको स्वास्थ्य मन्त्रालयले रोकेको छ । 

शनिबार हेटौडामा परिक्षणको क्रममा थप तीनजनाको स्वावमा कोरोना भाइरस भेटिएको भएपनि केन्द्र सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक गर्छौ भनेपछी सार्वजनिक गर्न रोकिएको वाग्मती प्रदेश सरकारले जनाएको छ । 

वागमती प्रदेशका एक मन्त्रीका अनुसार वीरगन्जबाट ल्याइएका तीनजानाको स्वाव हेटौंडामा परिक्षण गर्दा  पोजिटिभ देखिएपछि काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पनि ती स्वावको नमुना पोजिटिभ  भेटिएको मन्त्रीले बताएका छन् । 

उनका  अनुसार  प्रदेशबाट सार्वजनिक गर्ने तयारी गरेकाे भएपनि  केन्द्र सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक गर्छौ भनेपछी शनिबार रोकिएकाे थियाे ।  

योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।

यसकाे आधिकारीक रुपमा जानकारी भने संघीय स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गर्ने छ । 

पर्सामा भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीबाट आएका उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएका व्यक्ति हुन् । 

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरुकाे मार्च ४ तारिकमा फर्कने ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

लकडाउन खुलेपछि घर फर्कन  १५ अप्रिलका लागि टिकट काटेका उनीहरूले  घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर आफैं नारायणी अस्पतालमा पुगेका थिए । 

मस्जिदमा आएपनि प्रहरीसँग समन्वय गरेर बेग्लै राखिएकाे मस्जिदका मौलना अलि असगरले बताए । 

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई गराएपछि अहिले उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

आइतबार, ३० चैत्र २०७६, ०९ : १६

प्रतिक्रिया