अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङ यतिबेला चर्चाको केन्द्रमा छिन् । अभिनेत्री आँचल शर्माका श्रीमान् उदिप श्रेष्ठसँग अमेरिकामा रहँदा उनी प्रेम सम्बन्धमा रहेको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ । युट्युबमा सिपोरा र उदिपको विषयमा सयौंको संख्यामा भिडियो बनेका छन् । उनीहरु प्रेममा रहँदाका तस्विरहरु पनि अहिले सार्वजनिक भैरहेका छन् ।
फिल्म ‘भूईंमान्छे’ प्रदर्शनको समयमा अभिनेत्री सिपोराले आफू विगत २ वर्षदेखि उदिपको प्रेममा रहेको र २०७४ सालको मंसिरमा विवाह गर्ने तयारी भैरहेको बताएकी थिइन् । तर, उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन । अभिनेत्री आँचल शर्मासँग विवाह गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सिपोरालाई धोका दिएको भन्दै उदिप श्रेष्ठलाई गालीगलोच गरिरहेका छन् ।
यद्यपि, यस विषयमा उदिप र सिपोरा दुवै मौन छ । यसबीच, अध्ययनका लागि अमेरिकामा बस्दै आइरहेकी सिपोराले शक्तिशाली देशमा भएर पनि कोरोना भाइरसका कारण असुरक्षित अनुभूति गर्नु परेको इन्स्टाग्राममा उल्लेख गरेकी छन् । अहिले कोरोनाले नदुखेको ठाउँ संसारमा नभएको भन्दै उनले नयाँ वर्षसँगै कोरोनाको कहर सधैंका लागि दूर हुने विश्वास व्यक्त गरेकी छन् ।
उनी लेख्छिन्, ‘नयाँ वर्षको शुभकामना । कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैँमा विडम्बना हो । प्राकृतिक शक्तिका सामु मानव निर्मित शक्तिको केही चल्दो रहेनछ । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षका लागि जुटौँ । व्यक्तिगत स्वार्थबाट उठेर सिंगो मानव(सभ्यताको रक्षाका लागि लागौँ ।’
हरेक विपत्तिहरुले एउटा न एउटा पाठ सिकाएर जाने उनको भनाई छ । सिपोरा अगाडि लेख्छिन्, ‘हामीले हाम्रो प्राचिन सभ्यतालाई भित्रैबाट स्पर्श गर्ने समय आएको छ । चिन्तालाई छाडेर संसारको हित हुने चिन्तनमा लागौँ । नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् ।’ फिल्म ‘भूईंमान्छे’ पछि अभिनेत्री सिपोरा गुरुङ काँचको पर्दामा देखिएकी छैनन् ।
प्रतिक्रिया