बाग्लुङमा एकजना महिलामा कोरोना भाइरस पोजेटिभको फेला परेको छ ।
केहिदिन अघिमात्रै भारत तिर्थ गएर फर्केकी बिहुँकी की ६५ वर्षिय महिलामा काेराेाना भाइरस पाेजेटिभ भेटिएकाे हाे ।
धौलागिरी अञ्चल अस्पतालमा आज भएको र्यापिड टेस्टका क्रममा नतिजा पाेजेटिभ देखिएपछि थप परीक्षणका लागि पोखरा या काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए ।
यदि दोसोपटक परिक्षणमा उनमा संक्रमणको पुष्टि भए बाग्लुङमा संक्रमितको सङ्ख्या तीन पुग्ने छ । यसअघि दुई महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै धौलागिरी अस्पतालका डाक्टर शैलेन्द्र विक पोखरेलले र्यापिड टेस्टका क्रममा एक महिलामा कोरोना पोजेटिभ देखिएको बताए।
‘र्यापिड टेस्टका क्रममा उक्त महिलामा कोरोना पोजेटिभ देखियो’, डा. पोखरेलले भने, ‘हामीले स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने तयारी गरिरहेका छौँ।’
यसअघि बागलुङकै ६५ वर्षीय महिला र १९ वर्षीय युवतीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनीहरु दुवै धाैलागिरी अस्पतालमा उपचाररत् छन्।
यो संगै नेपालभित्र कोरोना संक्रमण पोजेटिभ भेटिनेको संख्या १४ पुगेको छ । शनिबारमात्रै पर्सामा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको थियो ।
नेपालमा कोरोना संक्रमण भेटिनेमा सुदूरपश्चिम प्रदेशमा ४ जना, गण्डकीमा ३ जना, प्रदेश २ मा ३ जना, र बागमती प्रदेशमा २ जना छन् ।
त्यस्तै काठमाडौमा माघ ९ गते फेला परेका संक्रमितको भने उपचार पछि घर फर्किसकेका छन् ।
सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा भेटिएका कोरोना भाइरस संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको छ ।
चारजना मध्ये एकजना दुवइबाट फर्किएका व्यक्ति, दुईजना भारतबाट आएका र एकना दुवइबाट आएका व्यक्तिकी भाउजु हुन् । भारतबाट फर्केका मध्ये कैलालीको लम्कीनिवासी २१ वर्षीय युवक, कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा छन् ।
गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवककी भाउजु रहेकी महिला नेपालमै एकजनाबाट अर्कोमा कोरोना संक्रमण हुने पहिलो व्यक्ति हुन् । विश्व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ।
त्यसअघि नेपालमा फ्रान्स, बेल्जियम, दुबईबाट आएकामा कोरोना देखिएको थियो। यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो। यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन्। उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन्।
योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका उनै ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।
त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन समय थपेर चैत २५ सम्म र त्यसपछि फेरी वैशाख ३ सम्मका म्याद थप गरिएको छ।
प्रतिक्रिया