कोरोनाका कारण के सलमानको फिल्म ‘राधे’ को प्रदर्शन मिति हुन्छ त पोस्टपोन्ड ?

सोमबार, ०१ बैशाख २०७७, १७ : ०४

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतमा आम जिन्दगीदेखि विजनेशसम्म पूरै तरिकाले प्रभावित भएको छ । लकडाउनका कारण सबै आफ्नो घरमा सेल्फ आइसुलेशनमा छन् । यस्तैमा फिल्मको छायांकनदेखि प्रदर्शनसम्म सबै स्थगित भएका छन् । कोरोना भाइरसका कारण यो वर्षको इदमा अभिनेता सलमान खानको पनि फिल्म प्रदर्शनमा नआउने देखिएको छ ।
 
सलमान खान हरेक वर्ष आफ्ना प्रशंसकलाई इदमा नयाँ फिल्म प्रदर्शन गर्ने गर्दछन् । तर, यस वर्षको इदमा उनको कुनै फिल्म प्रदर्शनमा नआउने सम्भावना बढेको छ । कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले लम्ब्याइरहेको लकडाउनका कारण उनको नयाँ फिल्म ‘राधे’ को प्रदर्शन रोकिने दाबी भारतीय मिडियाको छ । यो फिल्मको छायांकन पनि पूरा भइसकेको छैन । 
 
निर्माण कम्पनीले फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भएको घोषणा भने गरेको छैन । केही दिनमा विज्ञप्तीमार्फत् फिल्मको रिलिज स्थगित भएको जानकारी गराउने तयारीमा निर्माण कम्पनी रहेको भारतीय मिडियामा उल्लेख छ । स्थिति सामान्य भएपछि फिल्मको बाँकी छायांकन सुरु हुनेछ । सलमानलाई ‘वान्टेड’ र ‘दबंग ३’ मा एक्सन(कट गरेका प्रभुदेवा फिल्मका निर्देशक हुन् ।
 
सलमानले यो फिल्ममा ‘वान्टेड’ भन्दा पनि खतरनाक एक्सन हुने बताउँदै आएका छन् । प्राप्त जानकारी अनुसार, ‘राधे’ को क्लाइमेक्समा हेभी भीएफएक्स टेकनिक प्रयोग गरिँदैछ । फिल्मका मेकर्स त्यही टेकनिक अपनाउँदैछन्, जुन ‘बाहुबली’ को दुई सिरिजमा प्रयोग गरिएको थियो । लिड अभिनेत्रीमा दिशा पाटनी रहेको फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा हुनेछन् । 

सोमबार, ०१ बैशाख २०७७, १७ : ०४

प्रतिक्रिया