एक फिल्मको कति लिन्छन त साउथ फिल्मका सुपरस्टार महेश बाबू ?

बुधबार, ०३ बैशाख २०७७, १८ : २७

यो सबै जान्दछन् कि साउथ फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या ठूलो छ । यसकारण, उनी धेरै प्रतिष्ठित ब्रान्डको अनुहार पनि हुन् । प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि १८ देखि २० करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् ।
 
यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘महर्षि’ मा अभिनेता महेश बाबूको अभिनयले दर्शकको मन जितेको थियो । यही कारण फिल्म पनि बक्सअफिसमा सुपरहिट सावित भयो । उनको उम्दा अभिनयको एक सानदार उदाहरण फिल्म ‘भारत एएन नेनु’ हो, जहाँ उनले अभिनयबाट दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । उनका ब्याक टू ब्याक फिल्म बक्सअफिसमा हिट भइरहेका छन् ।
 
उनको अभिनयले सधैं दर्शकमा गहिरो प्रभाव पैदा गर्न सफल रहने गर्दछ । महेश बाबू सबैभन्दा ठूला र सबैभन्दा सफल तेलुगू फिल्म स्टारसँगै भारतमा पनि निकै लोकप्रिय छन् । उनी अभिनीत फिल्महरु हिन्दीमा डब भएर युट्युबमा प्रदर्शन हुने गरेका छन् । नेपालमा पनि उनको लोभलाग्दो क्रेज छ । हिन्दी डब भएका उनका फिल्म नेपाली दर्शकले निकै रुचाउँदै आएका छन् ।
 
सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको फिल्म ‘ओकाडू’ बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाहा गरेका थिए । यो फिल्मको सफलतापछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनी करीब १२७ करोडको प्रोपर्टीका मालिक हुन् । 

बुधबार, ०३ बैशाख २०७७, १८ : २७

प्रतिक्रिया