अमिताभ बच्चनले सेयर गरे पहिलो फोटोशूटको तस्विर, सोशल मिडियामा एकदमै प्रशंसा

विहीबार, ०४ बैशाख २०७७, १६ : ११

लकडाउनको समयमा धेरै नेपाली तथा भारतीय सेलिब्रटीहरु सोशल मिडियामा व्यस्त छन् । आफ्नो पुरानो सम्झना ताजा गर्नको लागी पुरोना तस्विरहरु सोशल मिडियामा सेयर गरिरहेका छन् । यसैबची अमिताभ बच्चनले पनि आफ्नो एक पुरानो फोटो सोशल मिडियामा सेयर गरेका छन् । जुन सोशल मिडियामा एकदमै भाइरल भैरहेको छ । खासमा यो अमिताभ बच्चनको पहिलो फोटोशूटको तस्विर हो । बिग बी यो फोटोशूट एक फिल्म म्याग्जीनको लागी गरेका थिए । जुन तस्विर उनले आफ्नोे अफिशियल इन्स्टाग्राम अकाउंटमा शेयर गरेका छन् ।

सोशल मिडियामा अमिताभ बच्चनको यो तस्विर अहिले एकदमै भाइरल भइरहेको छ ।  फोटो मा बिग बी का स्टाइल देखेर हरकोहीले उनको प्रशंसा गरिरहेका छन् ।  एक फ्यान ने बिग बीको फोटोमा कमेन्ट गदै हजर पहिले पनि स्मार्ट हुनुहुन्थ्यो र आज पनि स्मार्ट हुनुहुन्छ । त्यस्तै हजुरका आँखा एकदमै इन्प्रेसिव छन् ,जसले हजार शब्द बोल्दछन् । यिनको ख्याल राख्नुहोस् ।

अमिताभ बच्चन पनि अरु कलाकार जस्तै घरमा नै परिवारसंग समय बिताइरहेका छन् ।  यसको साथ उनले लकडाउनका नियमहरू पालना गर्न पनि अपीलहरू गरेका छन् ।

विहीबार, ०४ बैशाख २०७७, १६ : ११

प्रतिक्रिया