‘बैजु बावरा’ मा फेरी एकसात रणवीर र आलिया

शनिबार, ०६ बैशाख २०७७, १४ : ३८

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारत सरकारले  लकडाउन गरेपछि आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्म घरभित्रै दिन काट्न बाध्य छन् । कोरोना भाइरसका कारण  बलिउड बजारमा पनि ठुलो असर परेको छ । लकडाउनका कारण सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ ।

संजयलीला भन्साली लकडाउन भन्दा अगाडि  ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । चलचित्रको लागि सेट तयार भइसकेको थियो । चलचित्रमा उनले आलिया भट्टलाई लिड रोलमा चुनेका थिए ।

उक्त चलचित्रको काम रोकिएपछि अहिले भन्साली नयाँ चलचित्रको पनि तयारीमा जुटेका छन् । उनले चलचित्र ‘बैजु बावरा’ निर्देशन गर्दैछन् ।

यस चलचित्रको लागि भन्सालीले  अभिनेता रणवीर सिंहलाई मुख्य भूमिकामा रोजेका गरेका छन् भने, अभिनेत्रीमा भन्सालीले आलियालाई नै दोहोर्‍याउने सोच बनाएका छन् । आलियाले पनि चलचित्र साइन गरिसकेकी छिन् ।

भन्सालीले पहिला चलचित्र ‘गंगुबाई’ सक्नेछन् । त्यसपछि मात्र ‘बैजु बावरा’को छायांकन सुरु गर्नेछन् ।

शनिबार, ०६ बैशाख २०७७, १४ : ३८

प्रतिक्रिया