भारत नियन्त्रित काश्मिरमा गोली हानाहान

५ बर्ष अगाडि

 प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ । 
भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले आतङ्ककारी घोषणा गरेको छ । सोही समूहका लडाकूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । 
प्रहरी अधिकारीहरुले जानकारी दिएअनुसार प्रहरी र आतङ्ककारीसँग यस्तो गोली हानाहान भएको थियो । प्रान्तीय राजधानी श्रीनगरबाट ८० किलोमिटर टाढा रहेको कुपवाडा जिल्लाको गालोरा गाउँमा सो गोलीकाण्ड भएको हो । 
रातभर यस क्षेत्रमा प्रहरी र आतङ्ककारीबीच दोहोरो झडपमा भएको बताइएको छ । यसमा परी दुई जना आतङ्ककारी मारिएका भारतीय सेनाका प्रवक्ता राजेश कालियाले बताउनुभएको छ । 
सो झडपमा परी भारतीय सेना र प्रहरीतर्फ भने कुनै क्षति नभएको अधिकारीहरुले जानकारी दिएका छन् । मारिएका दुई आतङ्ककारीको शवको लस्कार–ए–तोएबाका स्थानीय कार्यकर्ता भएको परिचय खुलेको छ । 

सन् १९८९ मा स्थापित उक्त संगठनका कारण काश्मिरमा त्यसयतादेखि हिंसा जारी रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया