ह्यात होटेल पुर्ण रुपमा बन्द, कर्मचारीको तलव के हुन्छ ?

सोमबार, ०८ बैशाख २०७७, ११ : १९

काठमाडौं – ह्यात होटेलले थप अढाई महिना आफ्नो सेवा पुर्ण रुपमा बन्द गर्ने भएको छ । पाच तारे उक्त होटेलले एक विज्ञप्ती जारी गर्दै आफ्नो सेवा असार १६ गतेसम्म बन्द गर्ने बताएको हो । 

ह्यात होटेल यसअघि एक सुचना जारी गदृै मार्च १९ तारिख देखि अप्रिल २१ तारिखसम्म सेवा बन्द हुने बताएको थियो । उक्त म्याद सकिएपछि कम्पनीले आइतबार नयाँ .सुचना निकालेको हो । 
होटेल बन्द भएपछि कम्पनीले विदामा बसेका कर्मचारीलाई आधा तलव मात्र दिने भएको  । यद्यपि, कम्पनीले चैतसम्मको भने पुरा तवल दिएको छ । अब भने व्यवसाय नै नभएका हुनाले कर्मचारीलाई आधा मात्रा तलव दिने कम्पनीको भनाइ छ । ।
 

सोमबार, ०८ बैशाख २०७७, ११ : १९

प्रतिक्रिया